सुसाइड नोटको तरंग: सञ्चालक पत्नीसहित ३ महिला पक्राउ

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कर्मचारीको रहस्यमय मृत्यु भएपछि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ । 

मृत्यु प्रकरणको सोधपुछको लागि सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।

अस्पतालमा सरसफाईको काम काम गर्दै आएकी विमला तामाङ मंगलबार झुण्डीएको अवस्थामा मृत फेला परेकी थिइन् ।

तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो । कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो ।

त्यही आधारमा प्रहरीले मंगलबार तीर्था र संगीतालाई नियन्त्रणमा लिएको थियो । तर, आफन्तले दवाब चर्काएपछि बुधबार अपरान्ह सञ्चालक उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारीविरुद्ध ५ दिनलाई म्याद थपिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जाहेरी प्राप्त भइनसकेकाले कानुनी प्रक्रिया पूरा गर्न म्याद थपिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?