नारायणी नदिमा हाम फालेर एक महिला बेपत्ता

काठमाडौं । नारायणी नदिको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन् ।

भरतपुर महानगरपालिका २१ की ३३ वर्षिया विमला कुमालले आज बिहान नारायणी नदिमा हाम फालेकी हुन् । 

बेपत्ता रहेकी कुमाल पुलमा हिडिरहेको बेला अचानक नदिमा हाम फालेकी प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन् । 

पुलमा छोडेको झोलाभित्र रहेको कागजातका आधारमा उनको पहिचान खुलेको हो । बेपत्ता रहेकी कुमालको खोजि कार्य भईरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?