ब्रेकिङ : सर्लाहीमा गोली चल्यो, विप्लवका जिल्ला ईन्चार्जको ‘अन द स्पट डेथ’

सर्लाहीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

सर्लाही लालबन्दीमा दुई वटा नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा आएका चारजना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा  विप्लवका जिल्ला ईन्चार्जसहितका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले प्रहरीले जवाफी फायरिङ खोलेको थियो ।

प्रहरीको गोली लागेर प्रतिवन्धित विप्लवका समूहका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको हो ।

पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकले बोकेको झोलाबाट रिभल्वर र गोली समेत बरामद भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विश्व राज पोखरेलले बताए ।

 घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?