पूर्वी भेगबाट मनसुन प्रवेश, यी ४ प्रदेशमा कम पानी पर्ने

काठमाडौं । बिहीबारदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ ।
यो वर्षको मनसुन गत वर्ष भन्दा १० दिन ढिला मनसुन शुरु भएको छ ।
महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरेको छ । 

गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने महाशाखाको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद मन्जु बासीका अनुसार स्थान विशेषको ३० वर्षको औसत वर्षा हो । 

त्यो औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?