…जब दिदीले बहिनी बलात्कार गर्न सेटिङ मिलाईदिईन् !

आफ्नै दिदीले बलात्कारको सेटिङ मिलाउँलान् धत् ! भन्नुहोला ।

तर मोरङमा यस्तै घटना घटेको  छ ।

आफ्नै पारिवारिक नाता पर्ने वहिनीलाई एक यूवतीले बलात्कार गर्न सेटिङ मिलाएको आरोपमा प्रहरीले पक्राउ  गरेको छ ।

१९ वर्षीया एक युवती लाई पारिवारीक नाताकै  पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले मोरङकै केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएकी थिईन् ।

त्यसपछि ति युवतीलाई  गोरखाको पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेलले बलात्कार गरेका थिए । 

प्रहरी कार्यालय  मोरङले जनाएअनुसार अञ्जना थापाले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका १२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरको आग्रहमा गोरखाको पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेलकहाँ बहिनी पुर्याएकी थिइन् ।

अञ्जना उनका प्रेमीले यो सेटिङ मिलाएको खुलेको छ ।

आफ्ना प्रेमीको आग्रहमा प्रेमीका साथी विश्वासका लागी उनले यस्तो बन्दोबस्त मिलाएकी थिइन् ।

 पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। 

 घटनाका बारेमा मिहीन ढंगले अनुसन्धान गर्ने काम भइरहेको छ । राईका अनुसार अनुसन्धानका क्रममा तीनैजनाले घटनामा संलग्नता स्वीकार गरिसकेका छन्। 

 

बलात्कारको सेटिङ मिलाउने यूवती अञ्जना थापा अविवाहित हुन् । उनका प्रेमी  भनिएका ३९ वर्षीय सञ्जिवकुमार शंकर र बलात्कार गर्ने व्यक्ति भनिएका ३२ वर्षीय विश्वास कट्टेल विवाहिता पुरुष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?