नेप्सेमा छ अङ्कको बृद्धि

काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । 

आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ९० अङ्कले बढेर एक हजार २६४ दशमलव  ३६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०८ अङ्कले वृद्धि भई २७१ दशमलव ६० बिन्दुमा पुगेको छ । परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटिएको छ । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर घटेको छ । वित्त ० दशमलव  ३९, निर्जीवन बीमा ७ दशमलव ६६ र उत्पादन १२ दशमलव ८८ अङ्कले घटेका छन् ।लघुवित्त र होलट उपसमूहका शेयरमा भएको वृद्धिले बजारमा सकारात्मक प्रभाव परेको हो ।

यस्तै बैंकिङ ६ दशमलव ९, होटल ८ दशमलव ४४, विकास बैंक ५ दशमलव ०१, जलविद्युत् ७ दशमलव ०४, अन्य ४ दशमलव २६, लघुवित्त १३ दशमलव ६८, जीवन बीमा ३ दशमलव  ५८ र सामूहिक लगानी कोष ० दशमलव  ०२ अंकले वृद्धि भएको छ । 

स्टकका अनुसार आज कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो । सो कम्पनीको तीन करोड तीन लाख १३ हजार २९९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक दुई करोड ६४ लाख दुई हजार ६५५, नेपाल बैंक लिमिटेड  दुई करोड ४० लाख १२ हजार २५४, प्रभु बैंक एक करोड ९८ लाख पाँच हजार ७०१, मेगा बैंक एक करोड ६६ लख ४३ हजार ३२३ र एनआइसी एसिया बैंकको  एक करोड ४२ लाख ७३ हजार ७७५ मा खरिद बिक्री भई शीर्ष स्थानमा रहे । 

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ५ दशमलव २६, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव २२, गुराँस लाइफ इन्स्योरेन्स २ दशमलव १७, युनिलिभर नेपाल १ दशमलव ९९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले १ दशमलव ९३ प्रतिशतले गुमाए ।

यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८७ प्रतिशतले कमाए । मल्टीप्रपोज फाइनान्स ९ दशमलव ७७, खानीखोला हाइड्रोपावर ७ दशमलव ३५, स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलव ०३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ८९ र पाँचथर पावर कम्पनीका शेयरधनीले ५ दशमलव ८० प्रतिशतले कमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?