काठमाडौं – भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीआदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधै साथ रहने बताएका छन् ।
नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा भएको भेटघाटमा उनले नेपालको समृद्धि भए भारत समेत संतुष्ट हुने बताए । उनले नेपालिकालागी भारत आवत-जावत गर्ने वातावरण तथा भंन्सारको झन्झटलाइ अझै सहज बनाउने तर्फ आफुले भारतको केन्द्र सरकारसंग आग्रह गरेको समेत बताए ।
सोहि भेटघाटमा फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारिको आवश्यकता रहेको औल्याए । जवाफमा उनले भारतिय पर्यटकलाइ नेपाल लैजाने तर्फ आफू लागि पर्ने जनाए । उनले केही व्यक्तिहरुले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउन खोजेको बताउँदै उनले त्यस तर्फ दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिए ।
उनले भने, लागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्नेहरु सिमा क्षेत्रमा सक्रिय छ्न, त्यता तर्फ दुबै मुलुकले निगरानी गर्नुपर्छ । नेपालीको स्वाभिमान विश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको भन्दै उनले प्रशंसा समेत गरे ।
यस्तै नेपालीको धर्मसंस्कृति समेत वैश्विक पहिचान भएको उनले बताए ।
उनले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिण तर्फका नागरिक समेत हप्तादिन लगाएर भए पनि नेपाल जाने गरेको आफुलाइ जानकारिमा आएको बताउदै धार्मिक पर्यटनमा बिश्वलाइ नेपालले तान्न सक्नु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री योगीले छिटै भारतको गोरखपुर बाट नेपालका लागि बस सेवा संचालनको तयारी भएको समेत जानकारी दिए । भेटमा पत्रकार हरुले नेपाल भारत सम्बन्ध बारे जिज्ञासा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया