काठमाडौंमा पत्रकारमाथि साङ्घातिक हमला, अवस्था गम्भीर

काठमाडौंमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार  सम्पादक  दिनेश बस्नेतमाथी साङ्घातिक हमला भएको छ । 

पत्रकारलाई शैलेस  श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्जा भनिने व्यक्ति, सन्जय लामा सहितको  समुहले साङ्घातिक हमला गर्दा पत्रकार गम्भिर घाईते भएका छन् । 

पत्रकारलाई कुटपीट गर्नेमध्ये  एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?