सर्लाही जिल्ला इन्चार्जको मृत्युपछि बोल्यो विप्लव समूह

काठमाडौं– प्रहरीसँगको झडपमा मृत्यु भएका प्रतिवन्धित विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेललाई प्रहरीले हत्या गरेको सो पार्टीले दाबी गरेको छ ।
विप्लव पार्टीका जनकपुर ब्यूरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै प्रहरीले बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेका छन् । उनी जिल्ला इन्चार्ज भएको थाहा पाएपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी हत्या भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
विज्ञप्तिमा हत्याको भत्सर्ना गर्दै यसको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने जनाइएको छ । विज्ञप्तिमा पौडेको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै उनीलाई सहिद घोषणा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?