अपडेटः सुरुङमा थुनिएका १७ कामदार निकालियो, सबै सकुशल

उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनएका १७ कामदार सकुशल निकालिएको छ ।

विहीबार साँझ ८ बजेदेखि आयोजनाको सुख्खा पहिरोमा थुनिएकोमा उनीहरुको रातभरको प्रयासपछि उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गएरातिदेखि पहिरोमा थुनिएका सबै जनाको उद्दार गरि अहिले स्वास्थ्य परिक्षण भइरहेको छ । 

सुरुङभित्र ११ नेपाली र ६ जना चिनियाँ नागरिक थुनिएका  थिए । र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटेका थिए । 

सुरुङ क्षेत्रमा अहिले पनि  सुक्खा पहिरो खसिरहेको छ ।

 अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् ।

तर, भौतिक क्षतिको विस्तृत विवरण  भने अझै आइन सकेको छैन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?