जिपको ठक्करबाट एकको मृत्यु

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं ३ स्थित भार्सेली चोकमा जिपले ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सैनामैना नगरपालिका–५ का ५७ वर्षीय चन्द्रबहादुर थारू रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिए ।
 
घिमिरेका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको लु१च ६९३६ नंको जिपले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार थारूलाई ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?