नवलपरासीबाट ठूलो परिमाणको लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । पश्चिम नवलपरासी प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुईजनालाई नियन्ञणमा लिएको छ । 

प्रहरीको टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्र नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार पक्राउ परेका हुन । भारतबाट पैदल नेपाल आइरहेको समयमा उनीहरुको झोला चेक जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई÷दुई एमएलको १००-१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?