एनआईसी एशिया बैंकद्वारा ठुलो संख्यामा कर्मचारी आह्वान्

काठमाडौं । एकै पटक एनआईसी एशिया बैंकले ४ सय जना कर्मचारीहरुको माग गरेको छ । 

उपत्यकाभित्रका शाखा कार्यालयका लागि बैंकले ५० जना शाखा प्रबन्धकको लागि विज्ञापन खुला गरेको छ । 

यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनुपर्ने बैंकले जनाएको छ । 

यस्तैै ५० जना कर्मचारी रिलेसनसिप म्यानेजर पदका लागि माग गरिएको छ, भने यस पदका लागि स्नातकोत्तर गरेको र बैंकिङ क्षेत्रमा झण्डै ५ वर्षको अनुभव आवश्यक रहनेछ । उमेरका हदमा २१ वर्षदेखि ४० वर्ष उमेर भित्रकाले मात्रै आवेदन दिन पाउने छन् ।

यस्तै बैंकले सर्भिस म्यानेजर पदका लागि १ सय जना कर्मचारीको माग गरेको छ । यस पदका लागि पनि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्यानुभव हुनु पर्ने छ । यस पदमा १८ वर्षदेखि ३५ वर्ष उमेर भित्रकाले आवदेन दिन सक्ने छन् । 

व्याचलर तथा प्लस टु सकेर बसेका तथा अनुभव नभएकाहरुको लागि पनि बैंकले हस्पिटालिटी सर्भिसमा २ सय जना कर्मचारीको माग गरेको छ । बैंकलाई कस्टमर सर्भिस, हेल्प डेक्स, तथा मार्केटिङ गर्नका लागि कर्मचारी आवस्यक परेको हो । 

आवेदन दिने अन्तिम मिती असार २० गतेसम्म रहेको छ र बैंकको वेबसाईटमा गएरपनि आवेदन दिन सकिने छ । शाखा विस्तार गरिरहेको यस बैंकले पछिल्लो समय ठूलो संख्यामा कर्मचारी नियुक्त गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?