काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मुल्य आकाशिएको छ । बिहिबार राखेको नयाँ रेकर्डलाई पुन: तोड्दै सुनको मुल्यले फेरी नयाँ रेकर्ड कायम गरेको हो ।
बिहीबार ६४ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजारले बढेर प्रतितोलाको ६५ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि २०७० साल भाद्र १२ गते सुन ६३ हजार ३ सयमा सबैभन्दा उच्च मुल्यमा कारोबार भएको थियो ।
बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार र शुक्रबार लगातार १ हजारले बढेको हो।
त्यस्तै तेजावी सुन प्रतितोला ६४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी बुधबार र बिहीबार १० रुपैयाँले बढेको छ। चाँदी शुक्रबार प्रति तोला ७४० रुपैयाँमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया