अनेरास्ववियूद्वारा पुर्व मन्त्री पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाडौं। सत्तारूढ नेकपा निकट अनेरास्ववियूले नेकपाका पुर्व अध्यक्ष एवम् पुर्व शिक्षा मन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । 

पुर्व मन्त्री पौडेलको गत जेष्ठ ३१ गते हृदयघातका कारण निधन भएको थिय‍ो।

आज राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेकपा नेता योगेश भट्टराईले धनिराम पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए। 

विद्यार्थी आन्दोलनमासंगसंगै सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भने -' उनको  निधनले पार्टीले एउटा असाध्यै निष्ठावान् , इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।' 

श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि वेइमान नवनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए। 

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी ) का पुर्व अध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको वताए । 

अनेरास्ववियू संयोजक ऐन महरले  पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अग्लो अभियन्ता भएको स्मरण गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?