भेरी अस्पतालमा आधुनिक इन्डोर ब्लकको निर्माण कार्य शुरु

काठमाडौं । नेपालगञ्जको भेरी अस्पताल परिसरमा आधुनिक इन्डोर ब्लकको निर्माण कार्य शुरु गरिएको छ । 

उक्त आधुनिक ब्लकको निर्माण कार्य शुरु शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा संघिय आयोजना कार्यान्वयन एकाई नेपालगञ्जले गरेको हो । 

निर्माणका लागि लगभग ३८ करोड छुट्याइएको र ३ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने समय तोकिएको अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?