काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक पारित गर्न संसदीय समितिलाई दबाव दिएका छन् ।
मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाव दिएका हुन् ।
समितिका सदस्यहरुले पत्रकारसंग सरोकार नै नभएको विधेयकलाई जोड्ने गरेको भन्दै मन्त्री बाँस्कोटाले आपत्ति जनाए ।
समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।
मन्त्री बाँस्कोटाले यो विधेयक पत्रकारहरुसंग सरोकार नै नभएकाले यसलाई पत्रकारहरुसंग जोडेर नहेर्न समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरेका थिए । २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु-याउन नसकेको भन्दै मन्त्री बाँस्कोटाले समितिप्रति असन्तुष्टि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया