कुटपिटमा घाइते भएकी महिलाको उपचारपछि मृत्यु

काठमाडौं । सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज शुक्रबार झडपमा परि मृत्यु भएको छ । 

सिसौको रुख काटेको विषयमा झडप भएको र झडपमा लहान नगरपालिका–१५ निवासी आशाराम महता र आशारामकै भाई सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो । 

रुख काटेको विषयमा विबाद उत्पन्न भइ दाइ भाइको कुटाइबाट घाइते भएकी तेतदेवीको अस्पतालको उपचारबाट फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । कुटपिट गर्ने दुबै दाजुभाई फरार रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?