विप्लवले गर्यो ४ दिने आन्दोलनको घोषणा (हेर्नुहोस् विज्ञप्तिसहित)

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

विज्ञप्तिमा असार ५ गते भएको पौडेल हतयकाण्डको छानविनको माग समेत गरिएको छ ।  

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?