अन्तर्राष्ट्रिय योग दिवस: हरेक दिन समय निकालेर योग गर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ रहनका लागि योग गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वहरुले देशलाई आग्र्रह, उत्तेजना र आवेशतिर लैजान खोजेपनि सरकारले त्यसलाई परास्त गरेर समृद्धितिर अघि बढने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?