अदालतका खरिदार १८  हजार घुससहित रङ्गेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले घुस सहित एक व्यक्तीलाइ पक्राउ गरेको छ । 

बारा जिल्ला अदालतका खरिदारलाई अख्तियारले १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको हो । सूचना अधिकारी देवकुमार राईले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेका छन् । 

जग्गा पास गर्नका लागि सिफारिस लेखिदिन घुसस्वरुप १८ हजार दिने क्रममा अख्तियारद्धारा रङ्गेहात पक्राउ परेका हुन् । 

चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोल काठमाडौं पठाउने सूचना अधिकारी राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?