महिला फुटबलः विराटनगरद्वारा धनगढी पराजित

काठमाडौं । राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको खेलमा विराटनगरले धनगढीलाई ४ ० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसंगै समूह डि मा रहेको विराटनगरले शिर्ष तीन अङ्क जोडेको छ । विराटनगरको जीतमा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन । उनले खेलको पहिलो हाफमा दुई गोल गरिन भने खेलको दोस्रो हाफमा एक गोल थपिन् ।

त्यसैगरी विराटनगरका लागि सविता मगरको नाममा एक गोल रह्यो । अखिल नेपाल फुटबल सङ्घ एन्फा को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले तीन लाख पाउनेछन् ।  

त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही दश हजार पाउने छन् । यही असार १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?