नक्कली एटीएम प्रयोग गरि २० लाख चोर्नेको यसरी भयो पर्दाफास !

काठमाडौं । नक्कली एटीएम प्रयोग गरि २० लाख भन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेसहित ३ जना रोमानीया नागरिक मिलेर रकम चोरी गरेको ब्युरोका एसपी दिपक रेग्मीले जानकारी दिए 

प्राप्त भएको समाचार अनुसार ३ विदेशि नागरीक आफ्नो देश फिर्ता भइसकेका छन् । यस्तै अनुसन्धान टोलीले पाण्डेको साथबाट मोबाइल, बैंकको भिषा कार्ड, नक्कली कार्डहरु र एप्पल कम्पनीको २ वटा ल्यापटप बरामद गरेको छ । पाण्डे बिरुद्ध थप अनुसन्धान जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?