नेपालीका लागि भारतीय अध्यागमनको नयाँ नियम

काठमाडौं– चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्न नेपाली नागरिक नै भएपनि भिसा चाहिने भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले यी चार देशबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकाले सोही अनुरुप गर्न जानकारी गराएको हो ।

यस्तै भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा नेपाली दूतावासको सिफारिस पत्र आवश्यक पर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?