३५ हजार घुस खाने बेलकोटगढीका सव–इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं– सेवाग्राहीसँग ३५ हजार घुस खाने नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
भण्डारीले बेलकोटगढी नगरपालिका नुवाकोटको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग रू ३५,००० घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?