सिरहामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिरहा । सिरहाको गोलबजार नपा–८ मा ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेको पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई शनिवार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

विपरित दिशाबाट आएको टिपरले साइड नदिँदा ट्रक नियन्त्रण हुन नसक्दा दुर्घटना  भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि लैजाने तयारी भईरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?