अमेरिका र इरानबीच तनाव: ट्रम्पले इरानमाथिको आक्रमण १० मिनेटअघि रोके!

काठमाडौं | इरानले उडिरहेको अमेरिकी जासूसी ड्रोनलाई खसालेपछि दुई देशबीच तनाव झनै बढेको छ ।

आइतबार इरानले एक स्वचालित अमेरिकी ड्रोनलाई झारिदियो । इरानको ड्रोन इरानी आकास रहेको दावी गरेको छ भने अमेरिकाले इरानी दावीलाई गलत भनेको छ । 
दुई देशबीच तनाव चरम अवस्थामा भएको बेला यस्तो घटना छ । 

ड्रोन झारेको घटनाको लागि इरानविरुद्ध जवाफी हमलाको लागि अमेरिकाले तयारी थालेको थियो तर हमला हुनु ठीक १० मिनेट अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले आक्रमण रोकिदिएका छन् । 

जवाफी आक्रमणको लागि तीन क्षेत्र चयन पनि भइसकेको थियो तर ट्रम्पको निर्णय पछि आक्रमण टर्यो ।  
ट्रम्पका अनुसार आक्रमणमा करिब १५० को ज्यान जाने उनलाई जानकारी दिइएको थियो । त्यही कारण आक्रमण रोकेको ट्रम्पले बताए । 

यसबारेमा ट्रम्पले ट्वीट गर्दै भनेका छन् ,‘ आक्रमण हुनु १० मिनेट अघि मात्र मैले त्यसलाई रोकिदिएँ ।’
ट्रम्पको ट्वीट अघि नै न्युयोर्क टाइम्सले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो । 

आइतबार अबेर रात न्युयोर्क टाइम्सले लेखेको थियो, इरानमाथि आक्रमणको कारबाही एकदम सुरुवाती चरणमा रहेको अवस्थामा अमेरिकी राष्ट्रपतिले सेनालाई थप कदम अघि नबढाउन आदेश दिए | एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?