चलचित्रमा नृत्य एक दिने कार्यशाला सम्पन्न

काठमाडौं । नेपाल चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको छ । 

संघले शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको हो । 

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमको उद्घाटन चलचित्रको मुर्हत शैलीमा गरिएको थियो । 

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामालगायतले नेपाल चलचित्र नृत्य संघले गरेको कार्यशालाका निम्ति शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्षलगायत सबै सदस्यलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिति केशव भट्टराईले चलचित्र क्षेत्रको विकास गर्नका लागि कार्यशाला, गोष्ठि हुन जरुरी र संघ संस्थाहरु मर्यादित भएर आफ्ना सदस्यहरुलाई सिष्टममा ल्याउन जरुरी रहेको बताए । 

कार्यशालामा काठमाडौं र मोफसलबाट कला क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?