काठमाडौं । ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे घर भएका ३९ वर्षीय नारायण तामाङ र काठमाडौं बनस्थली बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका २५ वर्षीय श्याम कुँवर रहेका छन् ।
उनीहरुले मादक पदार्थ सेवन गरि ट्याक्सी बा.२ ज २९९ नम्बरको ट्याक्सी तोडफोड तथा चालक चन्द्रागिरी नगरपालिका-१४ तिनथाना बस्ने सिन्धुलीका २८ वर्षीय कृष्ण बहादुर किङरिङलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका किङरिङलाई उपचारको लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भू लगिएको छ, भने कुटपिटमा संलग्न स्वयम्भू कारखाना चोक बस्ने २१ वर्षीय आशिष चौधरी समेत घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर लगिएको छ ।
तोडफोडबाट दुबै टयाक्सीको ढोका र शिशा फुटेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया