रेशम चौधरीलाई हतकडी बाँधी उपचार गराएकोमा थरुहट थारुवान समितिले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं | रेशम चौधरीलाई खुट्टामा १४ किलोको नेल र हतकडीमा बाँधेर उपचार गराएकोमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले आपत्ति जनाएका छन् | 

समितीले स्वास्थ्य उपचार जस्तो संवेदनशिल विषयमा उपचार पनि अमानवीय हर्कत गरेको भन्दै विरोधसहिकोप्रेस विज्ञप्ति जारी गरेको छ |

विज्ञप्तिमा भनेको छ, "लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्वास्थ्य उपचार जस्तो संवेदनशिल विषयमा उपचार पनि सहज ढंगले गर्न नदिइ चौविसै घण्टा सुरक्षा निगरानीमा रहेका चौधरीलाई नेल हतकडी लगाउने सरकार, गृह प्रशासनले गरेको यस्तो निकृष्ट, अमानवीय हर्कत एवं पशुवत दानवीय व्यवहारप्रति जति नै निन्दा गरेपनि कमै हुन्छ ।"

विज्ञप्ति जस्ताको त्यस्तै :- 
शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टिकापुर राजनीतिक घटना पश्चात झुठा मुद्दा लगाइ सुनियोजितरुपमा फसाइएका कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित हुनु भएका जनताका जनप्रतिनिधि मा. रेशमलाल चौधरीलाई सरकारले १४ महिनापछि शपथ गहण गराई सांसदको लोगोमा जेल कोचेर आप्mनो नश्लबादी चरित्र उदाङ्गो पारिसकेको छ । लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुकमा फेरी पनि “स्वास्थ्य उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा भर्ना भएका उनै रेशम लाल चौधरीको खुट्टामा १४ किलोको नेल र हतकडीमा बाँधेर” उपचार गराउने दुईतीहाई बहुमतको सरकार र गृह प्रशासनले थारु माथि गरेको विभेद् सहितको यातना र चरम दमनप्रति हामी घोर विरोध गर्दै भर्त्सना गर्न चाहन्छौं । 

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्वास्थ्य उपचार जस्तो संवेदनशिल विषयमा उपचार पनि सहज ढंगले गर्न नदिइ चौविसै घण्टा सुरक्षा निगरानीमा रहेका चौधरीलाई नेल हतकडी लगाउने सरकार, गृह प्रशासनले गरेको यस्तो निकृष्ट, अमानवीय हर्कत एवं पशुवत दानवीय व्यवहारप्रति जति नै निन्दा गरेपनि कमै हुन्छ । 
शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टिकापुर राजनीतिक घटना पश्चात झुठा मुद्दा लगाइ सुनियोजितरुपमा फसाइएका कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित हुनु भएका जनताका जनप्रतिनिधि मा. रेशमलाल चौधरीलाई सरकारले १४ महिनापछि शपथ गहण गराई सांसदको लोगोमा जेल कोचेर आफ्नो नश्लबादी चरित्र उदाङ्गो पारिसकेको छ । लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुकमा फेरी पनि “स्वास्थ्य उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा भर्ना भएका उनै रेशम लाल चौधरीको खुट्टामा १४ किलोको नेल र हतकडीमा बाँधेर” उपचार गराउने दुईतीहाई बहुमतको सरकार र गृह प्रशासनले थारुमाथि गरेको विभेद्सहितको यातना र चरम दमनप्रति हामी घोर विरोध गर्दै भर्त्सना गर्न चाहन्छौं । 
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्वास्थ्य उपचार जस्तो संवेदनशिल विषयमा उपचार पनि सहज ढंगले गर्न नदिइ चौविसै घण्टा सुरक्षा निगरानीमा रहेका चौधरीलाई नेल हतकडी लगाउने सरकार, गृह प्रशासनले गरेको यस्तो निकृष्ट, अमानवीय हर्कत एवं पशुवत दानवीय व्यवहारप्रति जति नै निन्दा गरेपनि कमै हुन्छ । संविधानले प्रदत्त गरेको मानव अधिकारको हक, न्याय सम्बन्धी हक, समानताको हक, यातना विरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने हक आदिको बर्खिलाप गर्दै सरकारले स्वास्थ्य उपचारमा समेत यसरी मानसीक तनाव दिदै दमन गर्नु भनेको संविधान, ऐन कानुन, नियम विपरित एवं लोकतन्त्रको पूर्णउपहास हो । 
यसप्रति सरकारको ध्यान केन्द्रीत एवं सचेत गराउदै अविलम्ब उहाँको जीवन रक्षार्थ स्वास्थ्य उपचारको व्यवस्था मानवीय संवेदना र संवैधानिक अधिकार अनुरुप सहजरुपमा मिलाउन जोड्दार माग गर्दछौं । साथै सरकारको यस्तो चरम यातना, दमन रवैयाप्रति राष्ट्रिय मानवअधिकार आयोग सहित मानव अधिकार सम्बन्धी संघ संस्था, अधिकारकर्मी, अभियन्ताहरुको गम्भिर ध्यानकर्षण गराउन चाहन्छौं । 
हाम्रो यस आग्रहलाई नजर अन्दाज गर्दै गृह प्रशासनबाट यसरी अमानवीय व्यवहार गर्दै यातना, दमन जारीरहे सरकारले कडा मूल्य चुकाउनु पर्ने चेतावनी दिन चाहन्छौं । यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

 मिनराज चौधरी
   संयोजक
थरुहट थारुवान राष्ट्रिय सम्मेलन 
केन्द्रीय तयारी समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?