नेपालीलाई भारत प्रवेशमा कडाइ, भिसा अनिवार्य चाहिने (हेर्नुहोस् सुचनासहित)

काठमाडौँ | दिल्लीस्थित नेपाली दूतावासले भारत जाने नेपालीलाई कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीका लागि भिसा अनिवार्य गर्दै भारत सरकारले कडाइ गरेको हो ।  

दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको निर्णय अनुसार काम गर्न सूचित गराएको छ । दूतावासले जारी गरेको सूचना अनुसार चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीका लागि भारतको भिसा आवश्‍यक पर्नेछ ।

यस्तै, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने भएको छ । दूतावासका अनुसार तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गर्नुपर्ने जनाएको छ ।

साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था लागू भएको हो । दुतावासको अनुसार भारतीय अध्यागमन पार गरि साउदी अरव, कतार, कुवेत, यएई, ओमान, बहराइन, इराक, लिविया र लेवनान यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा राजदुतावासको सिफारिस पत्र आवश्यक हुने जारी सूचनामा उल्लेख छ ।

दूतावासले जारी गरेको सूचना हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?