झगडा मिलाउन खोज्दा मरणासन्न हुने गरि कुटिएपछि…

काठमाडौं । झगडा मिलाउन खोज्दा एक युवक मरणासन्न हुने गरि कुटिएका छन् ।
खेल भइरहेको स्थानमा भएको झगडा मिलाउन खोज्दा अर्घाखाँची धारापानीका २६ वर्षीय शम्भु शाही मरणासन्न हुने गरी कुटिएका हुन्  । आक्रमणबाट टाउको, हात र पेटमा गम्भिर चोट लागेका शाहीको अहिले ललितपुरस्थित नेपाल मेडिसिटि हस्पिटलमा उपचार भैरहेको छ । 

झगडासाम्य भएपछि होटेलमा लुकेर बसेका ढाकाबाङका केही युवाहरुले शम्भु शाहीलाई पहिला बियरको बोतलले टाउकोमा हिर्काए र त्यहीँ फुटेको बोतलले पेटमा रोपेका थिए ।

घटनास्थलमा बोहोस् भएका शम्भु शाहीलाई स्थानीय जनता र प्रहरीको सहारामा जिल्ला हस्पिटल पुर्‍याईएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो । शाहीको अवस्था झनै नाजुक बन्दै गएपछि उपचारका लागि हेलिकप्टर चार्टर गरेर नेपाल मेडिसिटि ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?