बसले मोटरसाइकललाई ठक्कर दिँदा  २ जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन सकेको छैन ।

शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?