समयमै सडक  मर्मत नहुँदा स्थानीय आक्रोशित

काठमाडौं । सडक कालो पत्रे नगरेको भन्दै स्थानिय वासिले थली–साखु सडकखण्ड अवरुद्ध पारेका छन् । 

संघर्ष समिती र मनोहरा नगरपालिका विच गत जेठ २८ गते कालो पत्रे गरिने सहमति भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै स्थानियले सडक अवरुद्ध गरेका हुन् । 

गत जेठ २८ गते संघर्ष समिती र मनोहरा नगरपालिकाबीच भएको सहमतिमा  हिलो सोहोरी एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो । 

यस्तै स्थानियले विगतदेखि गर्दै आएको आन्दोलन तिन बँुदे सहमतिपछि फिर्ता लिएका थिए तर सहमतिअनुसारको कार्य हालसम्म नभएको स्थानियले बताएका छन्  । 

पानी परेपछि सडकमा खाल्डाखुल्डि भएका र हिड्न समेत सकस हुने गरेको छ । निर्माण गर्न थालिएको ४ वर्ष बितिसक्दापनि हालसम्म सडक नबनेपछि थलिवासी आक्रोसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?