विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै, दुवैलाई जित्नै पर्ने दबाव

एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको आजको खेलमा दक्षिण अफ्रिका र पाकिस्तान आमनेसामने हुदैँछन ।

अकंतालिकामा ८औँ र ९औँ स्थानमा रहेको दुवै टिमलाई जित्नैपर्ने दबाव देखिन्छ । हार्ने टिमको अर्काे चरण पुग्ने सम्भावनको अन्त्य हुनेहुदां  खेल प्रतिश्पधात्मक हुने देखिन्छ । दक्षिण अफ्रिकाको ६ खेलमा एक जितमात्र छ । पाकिस्तानले भने एक खेल कम खेल्दै एकमा जित निकालेको छ ।

भारतसँगको हाससँगै पिडामा रहेको पाकिस्तानी टिम हार भुलाउन चाहन्छ भने विश्वकप पुर्व बलियो उपाधि दावेदार मानिएको दक्षिण अफ्रिका आफ्नो लयमा फर्कन चाहन्छ ।

खेल लण्डनको लर्ड क्रिकेट ग्राउण्डमा आज हुन गईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?