एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिरामी लिन खुर्कोटबाट मन्थलीतर्फ जाँदै गरेको बा २ च ७५२५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सिन्धुलीका १८ वर्षीय सुरज श्रेष्ठको अवस्था गम्भीररहेको र थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?