नाइजेरियामा बोको हराम समूहमाथि सैनिक कारबाही

एजेन्सी । नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ । 

बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले बोको हराम लडाकू विरुद्ध जमिन र समुद्रबाट भिषण कारबाही गरिएको जानकारी दिएका छन् ।

उक्त सैन्य कारबाही लेक चाडको डोरोन नाइरा द्वीपका साथै नाइजेरियाको उत्तरपूर्वी बोर्नोका क्रस कउवा र बागामा केन्द्रित थियो । बहुर्राष्ट्रिय सेनामा नाइजेरिया, चाड, क्यामरुन, नाइजर र बेनिनका सेनाको सहभागिता थियो । सैनिक कारबाहीका क्रममा एक जना सेनाको पनि मृत्यु हुनुका साथै दश जना सैनिक घाइते भएका छन् ।

भिडन्तमा बोको हरामका दुई वटा बन्दुक–जडित ट्रक र तीन वटा मोटरसाइकल ध्वस्त पारिएका थिए । त्यस्तै, दुई वटा हलुका मेसिन गन र दुई वटा एके–४७ राइफल पनि बरामद भएका छन् ।

बोको हरामले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा अलग्ग इस्लामिक राज्य स्थापनाका लागि सशस्त्र संघर्ष गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?