भन्सारप्रति गगनको व्यंग: १ जनाले कतिवटा पुस्तक पढ्न पाउँछन् कोटा तोक्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएको प्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै थापाले किताबलाई महँगो बनाउँदै यसमा भन्सार लगाएर सरकारले ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।  

आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै थापाले यस्तो धारणा राखेका हुन ।

‘भन्सार बढाउँदा पनि पुस्तक किन्न छाडेनन् भने एक जनाले कति पुस्तक ल्याउन पाउने हो कोटा तोक्नुस्, विमानस्थल जस्ता ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्’ थापाले व्यंग गर्दैै भने, ‘किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गराउनुस् । 

त्यसो गर्दा पनि नेपाली किताब नपढी नछाड्ने भने एकजना नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो त्यसको पनि कोटा तोकिदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?