हलुवा खाएर सुरु भयो भारतको बजेट सम्बन्धि कागजात छपाई

एजेन्सी । भारतमा आउनलागेको बजेटको तयारीमा हलुवा खाएर सम्बन्धित कागजातको छपाई सुरु भएको छ ।

केन्द्र सरकारले आगामी जुलाइ ५ गते पूर्ण बजेट ल्याउँदैछ । नरेन्द्र मोदीको पार्टि भाजपाले हालसालै भएको चुनावमा अत्याधिक बहुमत ल्याएपछि दोस्रो पटक सरकार बनेपछि आउन लागेको हो ।
कार्यक्रममा भारतकी पहिलो अर्थमन्त्री निर्मला सीतारमणले ‘हलुवा’ बाँडेकी थिइन ।

भारतमा बजेटसँग सम्बन्धित सबै कागजपत्रको छपाइ सुरु गर्नुअघि ’हलुवा सेरोमनि’ मनाउने चलन छ । यस कार्यक्रम पछि १०० जना कर्मचारी एक महिना सम्म सम्पर्क बिहिन रहेर काम गर्ने चलन रहेको छ ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार बजेट सम्बन्धि कागजात एकदमै गोप्य राख्नुपर्ने भएकोले बजेट सम्बन्धि कर्मचारी ‘नर्थ ब्लक’मा नै बस्ने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?