काठमाडौं । रुपन्देहीको सैनामैनामा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने दुईजनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेका छन् ।
दाङ लमहीका मजदुरहरु राति काममा जान लागेका बेलामा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका-६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जांदै गरेको ना७ख ५९४८ नम्बरको बसले लु८प ८४७५ नंंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनीहरुको मृत्यु भएको थियो ।
दुर्घटनापछि मोटरसाइकलमा आगो लागेर दुबैजनाको शरीर जलेको थियो । बस र चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया