एक वर्षमै पुरै लगानी उठाउने व्यवसायीक भवन

काठमाडौं । व्यावसायिक भवनको एक वर्षको भाडाले पूरै लगानी उठ्ने भएको छ  । भरतपुर नागरिक उड्यन कार्यालयकोे दुईतले व्यावसायिक भवनले एक वर्षमै पुरै लागत उठ्ने भएको छ  । 

प्रयोगमा नआएको जमीनलाई व्यवस्थित गरि २ करोडको लगानिमा निर्माण गरिएको उक्त भवन बोलपत्रमार्फत एक वर्षको २ करोड आउने गरी भाडामा दिइएको छ । 

तीन वर्षका लागि न्यूनतम  ७८ लाख राखेर बोलपत्र आह्वान गरिएकामा एउटा फर्मले तीन वर्षमा ६ करोड तिर्ने गरी बोलपत्र सकार गरेको कार्यालयका प्रमुख पवनकुमार गौतमले बताए । आशा गरिए भन्दा बढी भाडा उठ्ने भएको गौतमले बताए । 

`२२ वटा कोठा रहेको २ तले भवनमा बोलपत्रका लागि ६० वटा फमले फारम लगेकामा ३८ वटाले बोलपत्र पेश गरेका थिए । तीन वर्ष लगाएर बनाइएको उक्त भवन ९ सय ८० स्क्वायर मिटर चौडा रहेका छ । अधिकांशले ठूलो धनराशि राखेर प्रतिस्पर्धा गरेको गौतमले जानकारी दिए । 

पश्चिम र पूर्वी चितवन जाने मुख्य चोक भएकाले भाडा धेरै उठ्ने भएको हो । विगतका वर्षमा सरकारी जमीन मिलेमतोमा बोलपत्र मिलाएर थारै रकममा भाडामा लगाइने गर्दथ्यो । पछिल्लो समय विद्युतीय पद्धतिबाट बोलपत्र आह्वान गर्न प्रारम्भ गरेपछि भवन र सरकारी जमीनको भाडा धेरै उठ्ने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?