इराक र फ्रान्सका विदेशमन्त्रीबीच कुराकानी

एजेन्सी । इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ । 

अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनीहरुबीच शनिबार कुराकानी भएको उल्लेख छ । फ्रान्सका विदेश मन्त्री ड्रियनले हकिमलाई फोन गरेका थिए ।

उनीहरुले आपसी सम्बन्ध बाहेक पछिल्लो विविध अवस्थाका बारेमा छलफल गरेका कुरा समेत वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?