विमलाको शंकास्पद मृत्यु प्रकरण: आफन्तद्वारा छानविनको माग गर्दै प्रदर्शन

काठमाडौं । समता अस्पतालमा कार्यरत विमला तामाङ्को शंकास्पद मृत्युलाई लिएर आफन्तहरुले निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका छन् ।

विमलाको शव शंकास्पद अवस्थामा भेटिएको भन्दै आफन्तले महानगरीय प्रहरी बृत्त गौशाला अगाडि प्रदर्शन गरेका हुन् ।

आफन्तहरुले विमलाको हत्या भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?