नेकपालाई सत्तारोहण दिनु भष्मासुरलाई वरदान दिए जस्तै: सहअध्यक्ष श्रेष्ठ

काठमाडौं । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ओली नेतृत्वको सरकार छोटो समयमै बदनाम भएको बताएको छन् । 

पार्टीको भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपालाई सत्तारोहण दिनु भष्मासुरलाई वरदान दिए जस्तो भएको बताएका छन् । "अहिले निर्वाचन हुने हो भने नेकपा पत्तासाफ हुने अवस्थामा पुगेको छ ।" श्रेष्ठले भने ।

 उनले संविधानले गुठी सञ्चालन र संरक्षणको अधिकार गुठीयारलाई दिएको हुँदा केन्द्रमा राष्ट्रिय गुठी प्राधिकरण बनाउन खोज्नु सरकारको असंवैधानिक कदम भएको बताए । 

नेता श्रेष्ठले पार्टी एकीकरणको महत्वबारे बोल्दै भने, ‘समाजवादी पार्टी नयाँ ढङ्गको राष्ट्रिय पार्टी हो । यो पुरातनपन्थी कांग्रेस कम्युनिष्ट जस्तो नेता प्रधान पार्टी नभई नीति प्रधान पार्टी हो । पार्टीको सार्वभौमसत्ता कार्यकर्तामा रहने सङ्घीय ढाँचाको पार्टी भएको हुँदा यसले संगठनात्मक क्षेत्रमा गतिशीलता ल्याउने छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?