सुदूरपश्चिम प्रदेशसभाको बैठक पुन स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगित गरिएको छ ।

आर्थिक वर्ष ०७६-०७७ का लागि सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टि राजपा ले अवरोध सिर्जना गर्ने जस्तो चलखेल देखिएपछि आईतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । राष्ट्रिय जनता पार्टी राजपा र नेपाली कांग्रेसले यसअघि पनि बजेटमा असन्तुष्टि जनाउदै रातो किताब जलाएका थिए ।     

यस्तै यो पटक बैठक रद्ध गरि प्रदेशसभा सचिवालयले आउँदो असार ११ गते पुन बैठक  बस्ने गरि सूचना टास गरेको छ । प्रतिपक्षी दलले बजेट संशोधन गर्नुपर्ने माग राखे पनि सरकार सशोधन नगर्ने पक्षमा देखिएको छ ।

आर्थिक मामिला तथा अर्थमन्त्री झपटबहादुर बोहोराले बजेट सन्तुलित रहेकाले जस्तोसुकै परिस्थितिमा पनी संशोधन नहुने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?