लोकसेवाको विज्ञापन कानून बमोजिम नै भएको मन्त्री पण्डितको दावी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले निकालेको विज्ञापन कानून बमोजिम भएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा सरकारको विश्वास रहेको छ’, उनले भने ।

लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । 

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विज्ञापन रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।

कर्मचारी नियुक्ति, सरुवा, बढुवा र पदास्थापन प्रचलित कानून बमोजिम भइरहेको पनि उनले स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?