बालिका बलात्कारको आरोपमा ३ जना  पक्राउ

कैलाली प्रहरीले १३ वर्षीया बालिका  जबजस्ती करणीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरीलाई बालिका  जबजस्ती करणीको आरोपमा कैलालीबाट पक्राउ गरिएको हो । 

किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

 

पक्राउ परेका ३ जनामाथि किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको भन्ने बालिकाको भनाईअनुसार नै परिवारले प्रहरीलाई किटानी जाहेरी दिएका थिए । 

 घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?