गोली लागेर मारिएका पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ?

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा अविश्वास प्रकट गरेका छन् । 

उनले गोली लागेर मारिएको व्यक्तिको हात ६-७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नदेखाएको बताए ।

उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?