कोपा अमेरिकाको क्वाटरफाईनलमा अर्जेन्टिना

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

आईतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । ८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

समुह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसंगै अर्जेन्टिना समुह उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । सुरुवाती दुई खेलबाट मात्र एक अंक जोडेको अर्जेन्टिना कठिन मोडमा थियो ।अर्जेन्टिनाले क्वाटरफाईनलमा भेनेजुएलासंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?