बस सडकबाट चिप्लिँदा दुर्घटना : ३ जनाको मृत्युु, १५ घाइते

appharu
0
Shares


पुर्वबाट सोलुखुम्बुका लागी छुटेको यात्रुबाहक बस ओखलढुगांमा दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएको खबर छ ।


काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेको समयमा दुर्घटना भएको हो । सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा भएको दुर्घटनामा दुई जना पुरुष र एक जना महिलाले ज्यान गुमाए । उनीहरुको सनाखत हुन सकेको छैन ।


दुर्घटनामा परी घाइते भएका ११ जनालाई उपचारका लागि उदयपुरको घुर्मी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


गम्भीर ४ जना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

पानी परिरहेकाले बाटो चिप्लो भएका कारण बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?